बिल नतिर्ने क्रसरको लाइन काट्न गएका प्राधिकरणका कर्मचारी कुटिए

 साउन १९, २०८१ शनिबार १७:३:६ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सङ्खुवासभा – नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिनुभयो । उहाँका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमीमाथि यही साउन १५ गते कुटपिट भएको थियो ।

कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिनुभयो । लिङ्थेपको क्रशर उद्योगले छ लाख ४० रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताउनुभयो ।

कर्मचारीमाथि कुटपिट भएपछि मादीको शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ । छ वटा ठूला उद्योगले डेडिकेटेड र ट्रंकलाइनको प्रयोग गरेबापत् आठ अर्ब रुपैयाँभन्दा धेरै नतिरेको भन्दै विद्युत प्राधिकरणले लाइन काटेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएपछि लाइन जोडिएको छ ।

यो घटनापछि देशैभरी बिजुलीको बिल नतिर्ने र लाइन काट्न गएका कर्मचारीमाथि कुटपिट भइरहेको प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले बताउनुभएको छ ।  

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया