देशका विभिन्न नदीको जलसतहले सतर्कता तह पार गर्‍याे

 साउन २२, २०८१ मंगलबार ११:२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निरन्तरको वर्षाले विभिन्न क्षेत्रका नदी तथा खोलामा पानीको बहावसँगै जोखिम बढेको छ । काठमाण्डौमा विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले नदी तटीय क्षेत्र आसपास बस्ने र नदी किनार भई यात्रा गर्नेहरूलाई दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै ललितपुरको गोदावरी नगरपालिकामा रहेको खोड्कु खोला झरुवाराशी जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । त्यस क्षेत्रमा  नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकोले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ  । 

यसैबीच, आज सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी ( पूर्व), नवलपरासी ( पश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बहावको उच्च जोखिम रहने पूर्वानुमान रहेको छ ।

यस क्षेत्रका मेलम्ची, बाग्मती, बिष्णुमती, धोबि खोला, हनुमन्ते खोला, कालिगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानो खोला लगायतका नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आज र भोलि तमोर, अरूण, तिनाउ, बाग्मती, कमला, नारायणी, कालीगण्डकी, मर्स्याङदी, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले  अनुरोध गरेको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया