बङ्गलादेशको संसद् विघटन, बीएनपीकी अध्यक्ष बेगम खालिदा जिया रिहा

 साउन २२, २०८१ मंगलबार १६:४४:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशको संसद् विघटन भएको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि आज संसद् भङ्ग भएको घोषणा गर्नुभएको छ ।

राष्ट्रपति शाहबुद्दिनले तीन वटै सेनाका प्रमुख, दलका नेता, नागरिक समाजका प्रतिनिधि र विद्यार्थी आन्दोलनका अगुवाहरूसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गर्नुभएको बीबीसीले जनाएको छ । आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारतमा भागेपछि देशमा शान्ति सुरक्षा र नयाँ राजनीतिक बाटोका लागि संसद् विघटन भएको राष्ट्रपतिले बताउनुभएको छ ।

यसैबीच प्रमुख विपक्षी पार्टी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जिया रिहा हुनुभएइको छ । राष्ट्रपति मोहम्मद शाहबुद्धिनले  रिहा गर्न दिएको निर्देशनअनुसार उहाँ रिहा हुनुभएको बङ्गलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

शेख हसिनाकी प्रमुख प्रतिस्पर्धी रहेकी जिया सन् २०१८ देखि जेलमा हुनुहुन्थ्यो । जियालाई शेख हसिनाले राजनीतिक पूर्वाग्रहकै आधारमा जेलमा थुनेको आरोप लागिरहेको थियो । यस्तै विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरूलाई रिहा गर्ने प्रक्रिया शुरू भइसकेको पनि खबरमा उल्लेख छ ।

विद्यार्थीहरूले सैनिक नेतृत्वको सरकार मान्य नहुने बताएकाले सेनाले नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख बनाउने तयारी थालेको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया