क्यानडामा सिख व्यापारीको हत्या स्वीकार गर्ने दुई जनाबीच अदालतमै कुटाकुट

 कात्तिक ६, २०८१ मंगलबार १८:३१:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्यानडामा सिख व्यापारीको हत्या गरेको स्वीकार गर्ने दुई जनाबीच अदालतमै कुटाकुट भएको छ । सन् १९८५ मा एअर इन्डियाको विमानमा भएको बम विस्फोटनको मुद्दामा निर्दोष साबित भएका एक व्यक्तिलाई गोली प्रहार गर्ने दुई व्यक्तिले क्यानडाको एउटा अदालतमा आफू दोषी भएको स्वीकार गरेका हुन् । लगत्तै उनीहरुबीच मुक्का हानाहान भएको बीबीसीले जनाएको छ ।

सिख व्यापारी रिपुदमन सिंह मलिकको सन् २०२२ मा हत्या भएको थियो । उनीहरूको मुद्दामा अक्टोबर ३१ का लागि तोकिएको इजलासले फैसला सुनाउने छ । सन् २०२२ को एप्रिल १४ मा मलिकलाई ब्रिटिश कोलम्बियाको सरीमा उनको पारिवारिक व्यवसाय रहेको ठाउँबाहिर गोली प्रहार भएको थियो । विमान बम विस्फोटन प्रकरणमा मलिकले सन् २००५ सफाइ पाएका थिए ।

सन् १९८५ को जुन २३ मा क्यानडाबाट भारतका लागि उडेको एअर इन्डियाको विमानमा आइरिश तटनजिकै विस्फोटन भएको थियो । विस्फोटनका कारण विमानमा रहेका सबै तीन सय २९ जनाको ज्यान गयो । सन् १९८४ मा भारतमा सिखहरूको पवित्र तीर्थस्थल स्वर्णमन्दिरमा आक्रमण भएपछि त्यसको जबाफ दिन ती विस्फोटनहरू गराइएको ठानिन्छ । त्यो घटनालाई क्यानडाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा घातक आतङ्कवादी आक्रमण मानिन्छ ।  

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया