रवि लामिछानेको दोस्रो दिनको बयान लिने काम सकियो

 कात्तिक ६, २०८१ मंगलबार १७:३८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान लिने काम सकिएको छ । आज बयानका लागि लामिछानेलाई प्रहरीले सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराएको थियो ।

हिजो पनि सरकारी वकिलको कार्यालयमै बयान लिएको थियो । कार्तिक २ गते पार्टी मुख्यालय बनस्थलीबाट पक्राउ परेका लामिछनेलाई छ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमती दिएको छ ।

लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ । यस्तै सहकारी ठगी प्रकरणमै पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशी रुपन्देहीको सुप्रिम सहकारीको ठगी प्रकरणमा पनि जोडिएकाले हिजो प्रहरीले रुपन्देही लगेको हो । रुपन्देहीमा जोशीसँगको बयान चल्दै गर्दै सहकारी पीडितहरूले रूपन्देही जिल्ला अदालतअगाडि विरोध प्रदर्शन गरेका छन् । यसैबीच रास्वपाका नेता कार्यकर्ताहरुले आज पनि सभापती रवि लामिछानेको बचाउमा प्रदर्शन गरेका छन् । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया