थाउँलो वर्ल्ड कपमा भाग लिने नेपाली उसु खेलाडीको बिदाई

 कात्तिक ६, २०८१ मंगलबार १७:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तेस्रो थाउँलो वर्ल्डकप २०२४ मा भाग लिन जापान जान लागेको नेपाली उसु खेलाडीको टोलीलाई बागमती प्रदेश सरकारले बिदाई गरेको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले टोलीलाई शुभकामना दिँदै बिदाई गर्नुभएको हो ।

टोकियोमा रहेको योकोहा शहरमा भोलिदेखि १२ गते सम्म हुने प्रतियोगितामा भाग लिन नेपाली टोलीमा दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङ  छन् ।

नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाको नेतृत्वमा रहेको टोलीको प्रशिक्षकमा निकेश श्रेष्ठ छन् । वल्र्डकपमा सहभागी हुने खेलाडी गएको अप्रिलमा चिनमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिताबाट छनोट भएको हो ।  

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया