काठमाण्डौमा बिहानैदेखि चर्को घाम, दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 साउन २५, २०८१ शुक्रबार ७:२७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसोपख बदली भएर पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार देशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । कोशी, बाग्मती, गण्डकी  र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको छ । महाशाखाकाअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा १४२ दशमलव ६ मिलिमिटर र तार्के घ्याङमा १३८ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोककै भोताङमा ११३ दशमलव ८ मिलिमिटर, मानेखर्कमा १०७ दशमलव २ मिलिमिटर र ढुंगेमा ९० दशमलव ४ मिलिमिटर वर्षा भएको छ  ।

यसैबीच सुनकोशी नदी पचुवारघाट र खुर्कोट जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो रहेकाले सुनकोशी नदीको तटीय क्षेत्रमा बस्नेहरुलाई दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया