मधेसबाहेक ६ वटा प्रदेशमा आज दिउँसो मुसलधारे पानी पर्ने सम्भावना

 साउन २७, २०८१ आइतबार ८:५७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज दिउँसो मधेसबाहेक छ वटा प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ । देशभर नै मौसम आशिंकदेखि पूर्ण बदली भएर धेरै ठाउँमा पानी पर्ने र मधेसबाहेकका सबै प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेस प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानमै रहे पनि भारतको उत्तर प्रदेशमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा धेरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति पनि कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । महाशाखाले आउँदो तीन दिनसम्म नै देशका धेरैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन भनेको छ ।

यसैबीच बाढी पूर्वानुमान् महाशाखाले सूचना निकालेर आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली नदी तथा ती नदीका सहायक नदीका साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने जनाएको छ । ती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया