गोरखा, चितवन, लमजुङ र मोरङमा ठूलो वर्षा : पानी परिरहेकाले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा बाढीको जोखिम

 साउन ३०, २०८१ बुधबार ६:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गोरखा, चितवन , लमजुङ र मोरङमा गएराति ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै गोरखाको आरुघाटमा ७५ दशमलव ६ मिलिमिटर वर्षाको मापन भएको छ ।

यस्तै मोरङको केराबारीमा ७४ दशमलव ८, चितवनको झुवानीमा ७४ दशमलव ६, त्रिशूलीमा ७३ दशमलव २  र लमजुङको कुन्छामा ७० दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ, सिन्धुपाल्चोक, बारा, मकवानपुर , दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, सिराहा लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

सिन्धुपाल्चोकको मानेखर्क, ढुङ्गे, तार्के घ्याङ, भोटाङ, बोल्डे, गोब्रे लगायत आसपासका वर्षामापन केन्द्रहरूमा सामान्यदेखि मध्यम वर्षा मापन र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा लगायत मधेश  र कोशी प्रदेशका धेरै ठाउहरुमा सामान्यदेखि मध्यम वर्षा भइरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा सो क्षेत्र भइ बहने स–साना नदीहरूमा जलसतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया