भारतले दुई दशकमा साढे १९ करोड भन्दा धेरै रोजगारी थप्यो
कात्तिक १७, २०८१ शनिबार
काठमाडाैं - बुकवर्म फाउन्डेसनको आयोजना रहेको आर्इएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ (आर्इएमई नेपाल साहित्य महोत्सव २०७५) अन्तर्गत कर्टेन रेजर कार्यक्रम काठमाडौंमा शनिबार सम्पन्न भएकाे छ ।
एलिस रिसेप्सन, गैरीधारामा शनिबार आयोजित कार्यक्रममा भारतीय लेखक गुरचरणदासले मन्तव्य राखे ।
कार्यक्रममा आफ्नो पुस्तक काम: द रिडल अफ डिजायर माथि टिप्पणी गर्दै लेखक दासले भने, ‘आदिकालीन भारतसँग अर्थपूर्ण जीवनयापन गर्न सक्ने उपाय र उत्तर थियो । हाम्रा ऋषिमुनिहरुले तीन उद्देश्य प्रस्ताव गरेका थिए— धर्म, अर्थ र काम । धर्म भनेको नैतिक स्वास्थ्य हो । अर्थ भनेको भौतिक सुखसुविधा र तेस्रो काम हो । यी तीन कुरालाई मैले मेरा किताबहरुमा अझ नजिकबाट जान्न कोसिस गरेको छु ।’
पहिलो किताब इन्डिया अनबाउन्डमा भौतिक समृद्धिको विषय उठान गरेको उनले बताए । दोस्रो किताब द डिफिकल्टी अफ बिइङ गुड मा हाम्रो र देशको नैतिक जीवनको चर्चा गरेको उनले जानकारी दिए । साथै पछिल्लो किताब काम : द रिडल अफ डिजायरमा आफूले तृष्णाको चर्चा गरेको उनले अर्थ्याए ।
कार्यक्रमका विशेष अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय रवीन्द्र अधिकारीले देशको सबैभन्दा महङ्खवपूर्ण साहित्यिक महोत्सवलाई सहयोग गरेकोमा आइएमई ग्रुपलाई धन्यवाद दिए ।
‘देशको समग्र समृद्धिका लागि आर्थिक विकास मात्र पर्याप्त हुँदैन । यसका लागि कला, साहित्य एवम् संस्कृतिको समृद्धि पनि आवश्यक हुने भएकाले नेपाल लिटरेचर फेस्टिभल जस्ता महोत्सव भइराख्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा लेखक शिवानीसिंह थारुले आधुनिक नेपाली साहित्य २०औं शताब्दीसँगै अघि बढेको बताइन् ।
‘यसले पञ्चायत शासनबाट बच्दै आफूलाई अगाडि पनि बढायो । पछिल्लो समय नेपाली साहित्यले नयाँ रुपमा आफूलाई अघि बढाएको छ, ’ उनले भनिन् । अब नेपाली साहित्य अन्तर्राष्ट्रिय जगतमा पुग्ने समय भइसकेको उनको भनाइ छ । नेपाली साहित्य परम्परा र नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्ने समय पनि आइसकेको उनले बताइन् । ‘त्यसो गर्न सक्छौं त ?’ उनले प्रश्न गरिन् र उत्तर पनि दिइन्, ‘मलाई लाग्छ, हामीले पक्कै सक्छौं ।’
कसरी गर्न सक्छौं त ?
त्यसका लागि साहित्यिक उत्सव र सम्मेलनहरु आवश्यक हुन्छन् । यही क्रममा नेपाल लिटरेचल फेस्टिभलले पनि नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्न सघाउने उनको धारणा छ ।
कार्यक्रममा आर्इएमईका कार्यकारी निर्देशक सुमन पोखरेलले आर्इएमईलाई लिटरेचर फेस्टिभलमा प्रायोजनको अवसर दिएकोमा बुकवर्म फाउन्डेसनलाई धन्यवाद दिए । आर्इएमईले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गरिरहेको र यस्ता महोत्सव आदिमा पनि सहकार्य गरिरहने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गायक धर्मेन्द्र सेवानले रेसम फिरिरीलगायत पाँच ओटा गीत गाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।