‘नतताउनु पारो, जिस्काउनेलाई चप्पलको आउला झटारो !’ (भिडियोसहित)

 मंसिर १०, २०७५ सोमबार ८:४५:३४ | बेदानन्द जाेशी

 

काठमाडौं – लगनखेल बसपार्कको यात्रु प्रतिक्षालयमा साझा बस आइपुग्यो । यात्रुहरु बसमा चढे  । बस चल्न सुरु भयो । यत्तिकैमा गीत गुञ्जिन थाल्यो,– ‘मान दिनेलाई मान दिनु जिस्काउनेलाई हान्दिनु, नतताउनु पारो, जिस्काउनेलाई चप्पलको हजुर आउला झटारो ।’ 

मिठो सारङ्गीको धुनसँगै बजेको यस गीतले सबैको ध्यानाकर्षण गरायो । बसको अघिल्तिर बसेर सारंगी बजाउँदै गीत गाउँदै हुनुहुन्थ्यो, गायक प्रकाश गन्धर्व । सार्वजनिक यातायातमा महिलामाथि हुने यौन हिंसाका विरुद्धको अभियानका क्रममा उहाँले यो गीत गाउनुभएको हो । 

‘ए है अनिकालमा बीउ जोगाउ, हुलमुलमा जीउ जोगाउ, एउटा बाटो लगाउनेछन् रामले, जानेबेला भन्नुहुन्थ्यो हजुरआमाले’ प्रकाशको गीत सुनेर बसमा रहेका यात्रुले मुखामुख गरे । ‘ए हो त है, बसभित्र महिलामाथि हुने हिंसा रोक्न हामी सबै जिम्मेवार हुनुपर्छ’ भन्ने भावमा टाउको हल्लाए ।

सार्वजनिक यातायातमा हुने महिला हिंसालाई लक्षित गरेर प्रकाश आफैंले गीत लेखेर गाउनुभएको हो । बीबीसी मिडिया एक्सनको कार्यक्रम ‘कथा मिठो सारङ्गीको’ र यस्तै महिला हिंसाबिरुद्धकाे कार्यक्रम ‘मैसरी सुनाखरी’मा समेत सारङ्गी गायन प्रस्तुत गरिसकेका प्रकाश अहिले सार्वजनिक यातायातमा हुने महिला हिंसाबिरुद्धको गीत गाउन थाल्नुभएको छ । 

आइतबारदेखि सुरु भएको यो कार्यक्रम साझा यातायात, ट्राफिक प्रहरी लगायतको सहकार्यमा १६ दिनसम्म चल्नेछ । हरेक दिन विभिन्न रुटमा चल्ने साझा बसमा बसेर सन्देशमुलक गीत गाउने प्रकाशले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया