दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला एक खेल अगावै अफगानिस्तानलाई

 असोज ५, २०८१ शनिबार ७:२०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – अफगानिस्तानले दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला जितेको छ । तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । हिजो शारजाहमा भएको दोस्रो खेलमा अफगानिस्तान एक सय ७७ रनले विजयी भयो ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय ११ रन बनाएको थियो । तीन सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४ ओभर २ बलमा एक सय ३४ रनमा समेटियो ।

खेलको म्यान अफ द म्याच अफगानिस्तानका राशिद खान भए । पहिलो खेल अफगानिस्तानले छ विकेटले जितेको थियो । अफगानिस्तानले कुनै पनि सिनियर क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको यो पहिलो पटक हो । दुई टोलीबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया