पोखरामा डेङ्गी सङ्क्रमण एक महिनामै ६ गुणाले बढ्यो

 असोज ५, २०८१ शनिबार १७:५४:२८ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कास्की  – कास्कीको पोखरा महानगरपालिकामा गएको भदौ पहिलो हप्तायता डेङ्गी सङ्क्रमण छ गुणाले बढेको छ । भदौको पहिलो हप्तासम्ममा सात सयको आसपास रहेको डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेर चार हजार चार सय ३३ जना पुगेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय पुग्न नदिने लक्ष्य लिएकोमा  लक्ष्य पूरा गर्न नसकिएको बताउनुभयो । गएको वर्ष पोखरामा तीन हजार ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो ।

कात्तिक महिनासम्म सङ्क्रमणको जोखिम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने देखिएको रेग्मीले बताउनुभयो । यस वर्ष डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको ज्यान गइसकेको छ ।     

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया