२० औँ एशियाली कराँते च्याम्पियनशिपमा एरिकालाई ऐतिहासिक रजत पदक

 असोज ६, २०८१ आइतबार १७:५४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

२० औँ एशियाली कराँते च्याम्पियनशिपमा कराँते खेलाडी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् । चीनमा आज सम्पन्न ६८ किलोग्राम माथिको तौल समूहको फाइनलमा एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भइन् ।

एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भए पनि उनले जितेको रजत पदक नेपालको लागि ऐतिहासिक पदक हो । तर उनले स्वर्णपदक जित्ने ठूलो मौका गुमाएकी छिन् । एशियन कराते फेडरेसनले आयोजना गर्ने एशियन च्याम्पियनशिपमा नेपालले जितेको यो पहिलो पदक हो । 

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया