१७ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

 असोज ७, २०८१ सोमबार १३:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : साफ

काठमाण्डौ – १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ । भुटानको थिम्पुमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो पाैने २ बजे शुरू हुनेछ ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० गाेलले पराजित भएको थियो । नेपाललाई सेमिफाइनल पुग्न यो खेल जित्नैपर्ने हुन्छ । श्रीलङ्का पनि पहिलो खेलमा घरेलु टोलीसँग ५–१ गाेलले पराजित भएको थियो ।

यही सेप्टेम्बर २० देखि शुरू भएको प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ । च्याम्पियनशिपकाे समूह 'बी' मा नेपालसँगै घरेलु टोली भुटान, श्रीलङ्का र पाकिस्तान रहेका छन् । यस्तै समूह 'ए' मा भारत, माल्दिभ्स र बङ्गलादेश रहेका छन् ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया