काभा महिला भलिबल क्लब च्याम्पियनशिप जितेको नेपाल पुलिस क्लबकाे भव्य स्वागत

 असोज ७, २०८१ सोमबार १३:११:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभा महिला भलिबल क्लब च्याम्पियनशिप जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएपछि भव्य स्वागत गरिएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

विजेता टोलीलाई प्रहरीका अधिकृतहरूले विमानस्थल परिसरमा ब्यान्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरेका हुन्  । साथै खेलाडीहरूलाई फूल र बेलुनले सजाइएको प्रहरी भ्यानमा राखेर गन्तव्यतर्फ पुर्‍याइएको छ ।

माल्दिभ्सको मालेमा अस्ति शनिवार भएको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जीतसहित उपाधि हात पारेको थियो । पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया