१७ वर्षमुनिकाे साफ च्याम्पियनशिप : नेपालले श्रीलङ्कालाई हरायाे, सुजन डङ्गाेलकाे 'ह्याट्रिक'

 असोज ७, २०८१ सोमबार १७:१४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : साफ

काठमाण्डाै – १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ ।

भुटानको चाङलिमिथाङ स्टेडियममा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलले हरायो । नेपालका लागि सुजन डङ्गोलले ह्याट्रिक तथा विज्ञान खड्काले एक गोल गरे । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो ।

श्रीलङ्कालाई हराएसँगै नेपालले तीन अङ्क जोडेको छ । समूह ‘बी’ रहेको नेपालले अब समूह चरणको अन्तिम खेलमा पर्सि घरेलु टोली भुटानसँग खेल्नेछ । समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश छन् ।

प्रतियोगितामा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असोज १२ गते शनिवार र फाइनल खेल असोज १४ गते सोमवार हुनेछ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया