एन्फा महिला लिग : एपीएफ पहिलाे चरणमा अपराजित

 असोज ११, २०८१ शुक्रबार १८:२९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा आज भएका खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा एपीएफले बाग्मती युथ क्लबलाई ७–० गोलले हरायो । एपीएफका लागि रश्मीकुमारी घिसिङले ४ तथा अनिता बस्नेत र सबिता राना मगरले समान १ गोल गरे । यस्तै एपीएफले १ गोल आत्मघाती उपहार पायो । यो जीतसँगै एपीएफले ९ खेलमा २५ अङ्कसहित शीर्ष स्थानमा रहेर पहिलो चरणको प्रतियोगिता सकाएको छ । एपीएफ पहिलाे चरणमा अपराजित रह्याे । यस्तै बाग्मतीले ९ खेलमा १० अङ्कसहित छैटौं स्थानमा रहेर प्रतियोगिता सकाएको छ ।

आज भएको दोस्रो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ५–० गोलले हराएको छ । आर्मीका लागि चन्द्रा भण्डारी, बिमला चौधरी, अमिशा कार्की, दीपा शाही र दीपा राईले गोल गरे । यो जीतसँगै आर्मीले ९ खेलमा २२ अङ्कसहित दोस्रो स्थानमा रहेको पहिलो चरणको प्रतियोगिता सकाएको छ । यस्तै कर्णालीले ९ खेलमा ४ अङ्कसहित नवौं स्थानमा रहेको प्रतियोगिता सकाएको छ ।

एन्फा महिला लिगमा एपीएफ र आर्मीसहित नेपाल पुलिस क्लब, स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेश दोस्रो चरणमा पुगेका छन् ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया