सरकारलाई ज्ञापनपत्र बुझाउन र संसद्को विशेष अधिवेशन बोलाउन प्रतिपक्षी दलको कार्यदल गठन

 कात्तिक २, २०८१ शुक्रबार १४:५७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउन र संसद्को विशेष अधिवेशन बोलाउन तयारी गर्न कार्यदल गठन गरेका छन् । आज बिहान सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले कार्यदल गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले जानकारी दिनुभयो ।

कार्यदलमा माओवादी केन्द्रबाट उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपाबाट सांसद शिशिर खनाल, नेकपा एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक जना रहनेछन् ।

कार्यदलले ज्ञापनपत्र पर्सि आइतवारसम्म तयार गर्ने र कात्तिक ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी गरेको छ । कार्यदलले संसद्को विशेष अधिवेशन बोलाउन तयारी पनि सँगसँगै अघि बढाउने भएको छ ।

सरकारले साना दल विभाजन गर्न अध्यादेश ल्याउन सक्ने आशंका विपक्षी दलहरूको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याउन सक्ने कुरा बैठकमा उठेकाे बताउनुभएको छ । अध्यादेश ल्याउन रोक्न संसद्को अधिवेशन बोलाउन माग गर्ने तयारीमा विपक्षी दलहरू छन् ।

बाढी पहिरो पीडितको पुनर्स्थापनामा सरकार गम्भीर रूपमा नलागेको निष्कर्ष निकाल्दै बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा आज विपक्षी दलहरूको बैठक बसेको हो । बैठकमा विपक्षी दलसहित सत्तामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया