न्युजिल्यान्डका अलराउन्डर जेम्स नीशमले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग खेल्ने

 कात्तिक ८, २०८१ बिहीबार १३:६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – न्युजिल्यान्डका अलराउन्डर जेम्स नीशमले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

न्युजिल्यान्डका अलराउन्डर नीशमलाई टोलीमा अनुबन्ध गरेको जनकपुर बोल्ट्सले जनाएको छ । उनले न्युजिल्यान्डका लागि ७९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९ सय ४४ रन बनाउनुका साथै ३९ विकेट लिएका छन् ।

अलराउन्डर नीशमले इन्डियन प्रिमियर लिग (आईपीएल), द हन्ड्रेड, बिग बाश लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग लगायतका चर्चित फ्रेन्चाइज लिग पनि खेलेका छन् ।

नीशम एनपीएल खेल्न नेपाल आउने टेस्ट राष्ट्रका दोस्रो खेलाडी बनेका छन् । यसअघि कर्णाली याक्सले पाकिस्तानका हुसेन तलातलाई भित्र्याएको थियो ।

नेपाल क्रिकेट सङ्घले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया