अमेरिकी युवा क्रिकेटर ट्रोम्पले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

 कात्तिक ९, २०८१ शुक्रबार १२:५०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाका युवा क्रिकेटर जोशुआ ट्रोम्पले जनकपुर बोल्ट्सबाट नेपाल सुपर लिग (एनपीएल) खेल्ने भएका छन् । जनकपुरले सामाजिक सञ्जालमार्फत जोशुआलाई दोस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको जनाएको छ । १९ वर्षीय ट्रोम्प अलराउन्डर हुन् ।

अमेरिकाको मेजर क्रिकेट लिगमा टेक्सास सुपर किंग्सबाट खेल्ने जोशुआले ८ टी–२० क्रिकेट खेलेका छन् । टेक्सास सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली चेन्नई सुपर किंग्सको स्वामित्वमा रहेको टोली हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।
 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया