दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्स पोखरा एभेन्जर्समा आबद्ध

 कात्तिक ९, २०८१ शुक्रबार १५:१४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व क्रिकेटमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका दिग्गज खेलाडी जोन्टी रोड्स नेपाल प्रिमियर लिग (एनपीएल) को टोली पोखरा एभेन्जर्समा तीन वर्षको सम्झौतासहित आबद्ध भएका छन् ।

जोन्टी रोड्सलाई परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गरेको पोखरा एभेन्जर्सले जनाएको छ । जोन्टीलाई आफ्नो टोलीमा पाउँदा निकै उत्साहित भएको र उनको अनुभवले युवा खेलाडीको क्षमता वृद्धि गर्न सहयोग पुर्‍याउने पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले बताएका छन् ।

दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली मुम्बई इन्डियन्ससँग काम गरिसकेका छन् भने अहिले लखनउ सुपर जायन्ट्समा आबद्ध छन् । पोखरा एभेन्जर्सको मेन्टरका रूपमा नियुक्त भएपछि उनले टिमलाई बलियो बनाउन प्रयास गर्ने बताए ।

पोखराले चार विदेशी खेलाडीको कोटामा तीन जनालाई अनुबन्ध गरिसकेको छ । पोखराले विदेशी खेलाडीका रूपमा अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लीड र वेस्ट इन्डिजका एन्डसन फिलिपलाई भित्र्याएको हो ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया