एकैपटक १० हजार जनाभन्दा धेरै छात्रालाई आत्मरक्षा तालिम दिँदै वीरगञ्ज महानगर

 कात्तिक २७, २०८१ मंगलबार १८:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिकाले एकैपटक १० हजार जनाभन्दा धेरै छात्रालाई आत्मरक्षाका लागि तालिम दिने भएको छ ।

महानगरभित्रका कक्षा ६ देखि १२ सम्मका छात्रालाई आत्मरक्षा तालिम दिन लागेको महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो । भोलि शुरू हुने प्रशिक्षण कार्यक्रममा वीरगञ्जका सामुदायिक र निजी विद्यालय, क्याम्पस गरी १० हजार जनाभन्दा धेरै छात्राको सहभागिता रहने मेयर सिंहले बताउनुभयो ।

एकसाथ १० हजार जनाभन्दा धेरै छात्रालाई आत्मरक्षा तालिम दिएर विश्व कीर्तिमानसहित गिनिज बुकमा महानगरको नाम लेखाउने तयारीसमेत भएको मेयर सिंहको भनाइ छ ।

महानगरको आयोजना तथा नेपाल—भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्याति प्राप्त मार्सल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश सेट्टीलाई बोलाएर छात्रालाई प्रशिक्षण दिन लागेको वीरगञ्जका उपमेयर इम्तियाज आलमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया