पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डौ – आज पहाडी क्षेत्रको मौसम बदली भएको छ । काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम बदली रहेको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका केही ठाउँमा बिहान हल्का हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो घाम लागेसँगै दिउँसोपख हट्नेछ । देशभर पश्चिमी र पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव छ ।
आज गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । अरु ठाउँको मौसम आज सफा रहने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।