दक्षिण कोरियामा ६५ वर्षमाथिको जनसङ्ख्या २० प्रतिशत पुगेसँगै जन...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पढ्नका लागि विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न अनुरोध गरेको छ । मन्त्रालयले शैक्षिक परामर्श दाता निकायहरूका नाममा अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै जथाभाबी सामग्री प्रकाशन नगर्न भनेको हो ।
सामाजिक सञ्जालहरूमा फ्री भिसा, भिसाको सुनिश्चितता, अत्यधिक छुट, कामको ग्यारेन्टीलगायत भनिएका भिडिओहरू धेरै देखिन थालेकाले सूचना जारी गर्नुपरेको मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्तराज कोइरालाले जानकारी दिनुभयो । सूचनामा यस्ता सामग्री भ्रामक र व्यावसायिक आचरण विपरीतका रहेको उल्लेख छ ।
परामर्श दिने संस्थाले आफ्नो प्रचार सामग्रीमा संस्थाको दर्ता नम्बर, अनुमति नम्बर, सम्पर्क ठेगानासँगै परामर्श वा प्रशिक्षण प्रदान गर्ने देश, विश्वविद्यालय, कलेज, विषय, अवधि, उपाधि, लागत, मान्यता, स्तर निर्धारणलगायत स्पष्ट खुलाउनुपर्नेजस्ता व्यवस्था भए पनि त्यस्तो विवरण विनै भ्रामण सामग्री धेरै पाइएको कोइरालाले बताउनुभयो । सूचनामा आचारसंहिता विपरीत सामग्री प्रकाशन गरेमा कारबाही गर्ने उल्लेख छ ।
शिक्षा मन्त्रालयको तथ्याङ्कानुसार चालू आर्थिक वर्षकाे शुरूका पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्ममा ७२ हजार तीन सय १२ जनाले विदेश पढ्न जानका लागि 'नो अब्जेक्शन लेटर' अर्थात् (एनओसी) लिएका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ६ सय ६१ जना विद्यार्थी अध्ययनका लागि विदेश जाँदा एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । ठूलो सङ्ख्यामा विद्यार्थी जाने क्षेत्रको भ्रामक प्रचारका कारण ठगिने क्रम बढ्ने मन्त्रालयको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।