दक्षिण कोरियामा ६५ वर्षमाथिको जनसङ्ख्या २० प्रतिशत पुगेसँगै जन...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै – वैदेशिक रोजगारीमा अमेरिका र सर्बिया पठाइदिने भन्दै ६ लाख १७ हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा नुवाकोटको विदुर नगरपालिका–३ घर भई काठमाण्डौ महानगरपालिका–१४ कलङ्की बस्ने ३६ वर्षीया पुण्यवती जोशी र सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–२ कर्थली घर भई काठमाण्डौ महानगरपालिका–३१ नयाँ बानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का रहेका छन् ।
जोशीले अमेरिका पठाइदिने भन्दै एक जनाबाट दुई लाख १७ हजार र खड्काले सर्बिया पठाइदिने भन्दै एक जनाबाट चार लाख रुपैयाँ ठगी गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
दुवै जनालाई काठमाण्डौबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।