दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ ला...
चैत १२, २०८१ मंगलबार
काठमाण्डौ – मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी शुरुआत गरेको छ । जीतको लागि एक सय ५६ रनको लक्ष्य पाएको चेन्नईले १९ ओभर एक बलमा छ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नइको जीतमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रले अर्धशतक बनाए । बलिङमा भिगनेश पुथुरले तीन विकेट लिए । त्यसअघि पहिले व्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो ।
मुम्बईका तिलक बर्माले सर्वाधिक ३१ रन बनाए । चेन्नईका नूर अहमदले चार विकेट लिए । यस्तै खालिद मोहम्मदले तीन विकेट लिए । जीतसँगै चेन्नइले दुई अङ्क जोडेको छ । मुम्बइले भने हारबाट लिगको शुरुआत गरेको छ ।
यस्तै हिजोको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको छ । हैदरावदले दिएको दुई सय ८७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ४२ रन मात्रै बनाउन सक्यो । राजस्थानका धुर्व जिरेलले सर्वाधिक ७० रन बनाए । सन्जु साम्सनले ६६ रन बनाए । हैदराबादका हर्षल पटेल र सिमरजित सिंहले समान दुई विकेट लिए ।
त्यसअघि राजिव गान्धी इन्टरनेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको थियो । हैदराबादले आईपीएल इतिहासमा बनाएको यो सबैभन्दा दोस्रो ठूलो लक्ष्य हो ।
गत वर्ष पनि हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध दुई सय ८७ रनको कीर्तिमान बनाएको थियो । हैदराबादका इशान किशनले अविजित रहँदै सर्वाधिक एक सय छ रन बनाए । आईपएलमा उनको यो पहिलो शतक हो । उनी यसै सिजन मुम्बई इन्डियन्सबाट हैदरावाद पुगेका हुन् । राजस्थानका तुषार देशपाण्डेले तीन विकेट लिए । जीतसँगै हैदराबादले पनि दुई अङ्क जोडेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।