प्राइम सीएकाे २१औं वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

 चैत ३१, २०८१ आइतबार १८:४२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्राइम सीएले आफ्नो २१औं वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्राइममा अध्ययन गरी सन् २०२४ मा सीए बन्न सफल भएका विद्यार्थी, र्यांकहोल्डर विद्यार्थी, अन्य कलेजका प्राचार्य तथा बोर्डका सदस्यहरूको उपस्थिति थियो ।

वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै प्राइम सीएका अध्यक्ष नजराज बुर्लाकोटीले सन् २०२४ मा नेपाल बोर्डबाट सीए हुने ११९ जनामध्ये ७९ जना आफ्नो संस्थाका विद्यार्थी रहेका जानकारी दिनुभयो ।

सम्मान कार्यक्रमपछि विद्यार्थीहरूले संस्थाको उच्चस्तरीय शैक्षिक वातावरण, गुणस्तरीय पाठ्यसामग्री, गुणस्तरीय शिक्षा, दक्ष व्यवस्थापन, अनुभवी तथा खारिएको स्रोत व्यक्तिहरूको सही मार्गदर्शनले लक्ष्य प्राप्त गर्न सहज भएको बताएका छन् ।

प्राइम सीए सन् २००४ मा स्थापना भएको हो । यो संस्था सीएको सबै तहको तयारी कक्षा सञ्चालन गर्ने नेपालकै पहिलो हो ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया