पाकिस्तानसँगको बढ्दो तनावका बीच भारतीय जलसेनाले युद्ध अभ्यास ...
बैशाख १४, २०८२ आइतबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्सको खेल नतिजाविहीनभएको छ ।
इडेन गार्डेनमा टस जितेर पहिलो ब्याटिङ गरेको पञ्जाबले कोलकातालाई जीतका लागि दुई सय २ रनको लक्ष्य दिएको थियो ।
उसका दुई खेलाडीले अर्धशतक बनाएको खेलमा ४ विकेट नोक्सानीमा दुई सय १ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको पञ्जाबले एक ओभरमा ७ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित भयो ।
खेल हुन नसकेपछि दुवै टोलीले अङ्क बाँडेका छन् । पञ्जाबको ९ खेलमा ११ अङ्क भएको छ । पञ्जाब तालिकाको चौथो स्थानमा छ । समान ९ खेलमा कोलकाताको ७ अङ्क छ । कोलकाता सातौं स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) बीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।