इरान : बन्दरगाह विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे
बैशाख १४, २०८२ आइतबार
काठमाण्डौ – नेपाल शिक्षक महासङ्घले केही पालिकाले शिक्षकहरूलाई विद्यालय खोल्न र पठनपाठन शुरू गर्न गरेको आग्रहमा असन्तुष्टि जनाएको छ ।
महासङ्घले आफूहरूको आन्दोलन निरन्तर रहेको र शिक्षक/कर्मचारीलाई दबाव दिने, सरुवा गर्ने वा राजीनामा गर्न लगाउने जस्ता काम बन्द गर्न अनुरोध गरेको छ ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले निकालेको विज्ञप्तिमा संविधानले दिएको सामूहिक सौदावाजीको अधिकारको सम्मान गर्न पालिकालाई आग्रह समेत गरेको छ । महासङ्घले गएको चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन र शैक्षिक हडताल गर्दै आएको छ ।
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउन र विद्यालय सञ्चालन गर्न सर्वोच्च अदालतले गएको बिहीवार दिएको तीन दिनको समयसीमा आज सकिँदैछ । तर सरकार र शिक्षकहरूबीच अहिलेसम्म सहमति जुट्न सकेको छैन । शिक्षक आन्दोलन आज २६औं दिनमा पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।