क्यानडामा मानिसको भीडमा कार जोतिँदा ९ जनाकाे ज्यान गयाे

 वैशाख १४, २०८२ आइतबार १८:१४:२५ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

क्यानडाको भ्यानकुभर शहरको सडक महोत्सवमा मानिसहरूको भीडमा कार जोतिँदा ९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । फिलिपिनो समुदायले ‘लापु लापु डे’ मनाइरहेको बेलामा भीडमा एउटा कार जोतिँदा अन्य थुप्रै मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ ‘भयानक घटना’ बाट ‘निराश’ भएको बताउनुभएको छ ।

यसैबीच प्रहरीले कारका चालक ब्रिटिश कोलम्बिया शहरका ३० वर्षीय पुरुषलाई हिरासतमा लिएको छ । घटनामा कुनै पनि आतङ्कवादी समूहको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

घटनापछि सामाजिक सञ्जालहरूमा पोस्ट भएका भिडिओहरूमा मानिसहरू सडकमा लडिरहेका अवस्थामा देख्न सकिन्छ । यस्तै भीडमा जोतिएको कारको अगाडिको भाग कुच्चिएको छ र त्यो कार घटनास्थल नजिकै रोकिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया