भेरी अस्पतालकाे मेडिकल स्टाेरमा भएको आगलागीबाट ४ कराेडकाे क्षति

 वैशाख १४, २०८२ आइतबार १८:१४:१५ | रासस
unn.prixa.net

बाँके – बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको मेडिकल स्टोरमा हिजो भएको आगलागीबाट चार करोड रुपैयाँ बराबरको क्षति भएको अस्पतालले प्रारम्भिक अनुमान गरेको छ ।

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् शर्ट सर्किट भई आगलागी हुँदा औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाको छानबिनका लागि अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । आगलागीका कारण भोलिसम्म भेरी अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द गरिएको अस्पतालका मेसु डा. सुवेदीले बताउनुभयो ।

आगलागीबाट अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधिसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने खाेपलगायत सबै जलेर नष्ट भएकाले पनि ओपीडी सेवा प्रभावित भएको हाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया