दाङमा श्रीमानको किरिया बसेकी श्रीमतीको ज्यान गयो
बैशाख १३, २०८२ शनिबार
काठमाण्डौ – आज काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँहरूमा दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर फिडर जडान, फिडर सटडाउन, पोल स्थानान्तरण, स्विचिङ मर्मतलगायका काम गर्नका लागि विद्युत अवरूद्ध गर्नुपरेको जनाएको छ ।
प्राधिकरणले काठमाण्डौको रत्नपार्क वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्ने ठाउँहरूमा दुई घन्टादेखि आठ घन्टासम्म विद्युत नआउने जानकारी दिएको छ । यी केन्द्र अन्तरर्गत आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।
त्यस्तै प्राधिकरणले एकान्तकुनाको रिङ रोडको पोल स्थानान्तरणका लागि यो फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती ठाउँहरूमा विद्युत अवरूद्ध हुने जनाएको छ ।
काठमाण्डौमा रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर, असन फिडर, महाबौद्ध फिडर, वीर हस्पिटल फिडर, नेपाल विद्युत प्राधिकरण फिडर, कमलादी फिडर, किंग्स वे फिडर, बागबजार फिडर, सिंहदरबार फिडर र नयाँ बजार फिडर अन्तर्गतका ठाउँहरूमा पनि आज विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
बबरमहल फिडर अन्तर्गत पर्ने ठाउँहरुमा आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । असन फिडर, महाबौध्द फिडर, वीर हस्पिटल फिडर र बागबजार फिडर अन्तर्गत पर्ने क्षेत्रमा पनि बिहान ८ बजेदेखि नै दिउँसो ४ बजेसम्म विद्युत काटिने छ ।
त्यसैगरी नयाँबजार फिडर अन्तर्गत पर्ने ठाउँहरुमा बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
काम तोकिएको समयभन्दा अगाडि सकिए निर्धारित समयअगाडि नै विद्युत सेवा शुरू हुने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।