जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी

 वैशाख १२, २०८२ शुक्रबार १३:३:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको जम्मू–कश्मीरमा नियन्त्रण रेखा (एलओसी) का केही क्षेत्रमा गोलाबारी भइरहेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भारतीय सेनाले पनि सामाजिक सञ्जाल एक्समा लेख्दै चरमपन्थिहरूसँग मुठभेड भएको जानकारी गराएको हो ।

पाकिस्तानी सेनाले गोलीबारी गरेपछि आफूहरूले पनि जवाफ दिएको भारतीय पक्षको आरोप छ । तर त्यसबाट क्षति भयो कि भएन भन्ने विवरण आइनसकेको बीबीसी हिन्दीले जनाएको छ । भारतीय सेनाले पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा तैनाथी बढाएको छ ।

भारत नियन्त्रित जम्मू–कश्मीरको पहलगाममा गएको मङ्गलवार दिउँसो पर्यटकलाई लक्षित गरी आतङ्कवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको ज्यान गएको छ । यो घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया