संसदमा बोलिएका गलत कुराको तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओल...
बैशाख १३, २०८२ शनिबार
गुल्मी – कालीगण्डकी गाउँपालिकाले भोलिदेखि पालिकाभित्रका विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले हिजो विज्ञप्ती निकालेर भोलिदेखि अनिवार्य रूपमा विद्यालय खोल्न निर्देशन दिनुभएको हो । अध्यक्ष थापाले विद्यालयमा शिक्षक उपस्थिति नहुने भएमा राजीनामा दिन वा सरुवा भई जानका लागि समेत निर्देशन गर्नुभएको छ ।
नेपाल शिक्षक महासङ्घको आह्वानमा लामो समयदेखि भइरहेको शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य र विद्यालयको पठनपाठनमा समस्या भएको भन्दै अनिवार्य विद्यालय खोलेर नियमित पठनपाठन सञ्चालन गर्न अध्यक्ष थापाले निकालेको विज्ञप्तीमा आग्रह गरिएको छ ।
महासङ्घको नेतृत्वमा गएको चैत २० गतेदेखि काठमाण्डौमा सडक आन्दोलन हुँदै आएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालयका कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।
शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक गतिविधिहरू ठप्प भएका छन् । शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द हुँदा परीक्षाफल प्रकाशनका साथै नयाँ भर्ना अभियानसमेत प्रभावित बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।