शनिवार पनि अर्थ मन्त्रालयमा बजेट बनाउने व्यस्तता

 वैशाख १३, २०८२ शनिबार १५:१७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अबको एक महिनामा सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदैछ । त्यही बजेट बनाउन सरकारलाई यतिबेला चटारो छ । सार्वजनिक विदाको दिन पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटकै कामका लागि मन्त्रालयमा व्यस्त हुनुहुन्छ । मन्त्रालयमा पुग्दा अर्थमन्त्री पौडेल र मन्त्रालयका कर्मचारी बजेटसम्बन्धी काममै व्यस्त देखिन्छन् ।

अर्थ मन्त्रालय विभिन्न क्षेत्रसँगको छलफलमा व्यस्त भएको मन्त्रालयका कर्मचारी बताउँछन् । हिजोदेखि संसद्को बजेट अधिवेशन पनि शुरु भइसकेको छ । आउँदो १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र वैशाख २८ गतेदेखि प्रि–बजेट छलफल शुरु हुने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेट सिलिङ झण्डै १९ खर्ब रुपैयाँ तोकिएको छ । यस पटकको बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना समावेश नगर्ने नीति अर्थ मन्त्रालयको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया