रामेछाप र अछाममा आगलागी : दुई जना घाइते, घर/पसल जले

 वैशाख १३, २०८२ शनिबार १०:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रामेछाप र अछाममा आगलागी भएको छ । रामेछापको मन्थली नगरपालिका–११ गजपानीमा दुई वटा घर जलेर नष्ट भएका छन् ।

फष्टबहादुर श्रेष्ठका दुई वटा घर जलेको र आगो निभाउने क्रममा घरधनी फष्टबहादुर र छिमेकी बुद्धीबहादुर श्रेष्ठ घाइते हुनुभएको वडाअध्यक्ष भिमबहादुर थापामगरले जानकारी दिनुभयो । घाइतेको मन्थलीमा उपचार भइरहेको छ ।

गएराति साढे ९ बजेतिर घरमा आगो सल्किएपछि स्थानियबासीले निभाउने प्रयास गरेका थिए । पछि प्रहरी चौकी खिम्ती र फुलासीको पोखरीडाँडा प्रहरी चौकीबाट गएको टोली मिलेर आगो निभाइएको थियो ।

आगालागीबाट घरमा रहेको नगद साढे ६ लाख, सुनचाँदी र अन्नपात/लत्ताकपडा जलेर नष्ट भएको प्रहरीको भनाइ छ । घरको भुइँ तलामा बाँधिएका २५ वटा खसीबाख्रा समेत मरेका छन् ।

त्यस्तै अछामको साँफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ । बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी  भएको र १० वटा पसल जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय प्रेम खड्काले सञ्चालन गरेको मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगो निभाइएको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया