संसदमा बोलिएका गलत कुराको तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओल...
बैशाख १३, २०८२ शनिबार
काठमाण्डौ – नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ ।
लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गाैलाको उपचार गराइरहनुभएका डङ्गोलको गएराति केएमसी अस्पतालमा निधन भएको हो ।
२००४ सालमा काठमाण्डौमा जन्मनुभएका ७७ वर्षीय डङ्गोल कांग्रेस काठमाण्डौको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाण्डौ महानगरपालिकाको पूर्व उपप्रमुखसमेत हुनुहुन्थ्यो ।
डङ्गोल विसं २०६२/६३ को जनआन्दोलनमा काठमाण्डौमा कमाण्डरका रूपमा खटिनुभएको थियो । उहाँको श्रीमती हुनुहुन्छ ।
डङ्गोलको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिनुभयोे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।