अण्डाको मूल्य बढाउने कुखुरापालक सङ्घको निर्णय

 वैशाख १४, २०८२ आइतबार १२:३४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) चार सय ३०, मध्यमको तीन सय ८० र ‘एक्सएल’ को चार सय ५० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो वर्ष ठूलो अण्डाको मूल्य प्रतिक्रेटको पाँच सय २५ रुपैयाँसम्म पुगेको थियो तर पछि घटेर तीन सय ५० रुपैयाँमा झरेको थियो । मूल्य बढ्दा किसानलाई केही राहत मिल्ने अध्यक्ष पोखरेल बताउनुहुन्छ ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । उहाँका अनुसार गर्मीमा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढाउनुपरेको हो ।

सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिले दैनिक झन्डै ३० लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया