तत्कालीन उपप्रधानपञ्च डंगोलको निधनमा काठमाण्डौ महानगरपालिकामा शोक बिदा

 वैशाख १४, २०८२ आइतबार ८:५७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तत्कालीन काठमाण्डौ नगर पञ्चायतका उपप्रधानपञ्च एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधनमा आज काठमाण्डौ महानगरपालिकाले शोक बिदा दिएको छ ।

महानगरको प्रशासन विभागले सूचना निकालेर आज शोक बिदा रहेको जानकारी दिएको हो । डंगोलको अस्ति शुक्रवार निधन भएको थियो ।

२००४ साल माघ २९ गते जन्मनुभएका डंगोल लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । काठमाण्डौ पञ्चायतका लागि २०४३ सालमा भएको चुनावमा उहाँले प्रजातन्त्रवादीका तर्फबाट उम्मेदवारी दिएर विजय हुनुभएको थियो ।

उपप्रधानपञ्चका रुपमा उहाँले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याउनुभएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको हो ।

आज अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहेको छ । स्वर्गीय डंगोलको हिजो टेकुमा अत्येष्टि भएको छ ।  


 

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया