श्रममन्त्री विष्ट र नेपालका लागि फ्रान्सका राजदूतबीच भेट

 पुस ५, २०७५ बिहिबार १८:१४:७ | उज्यालो सहकर्मी

काठमाडौं – नेपालका लागि फ्रन्सका राजदूत एच इ फ्रान्कोइस एक्सवियर लीजरले नेपाल र फ्रन्सबीच भएको द्धिपक्षीय सम्झौताको कार्यान्वयन गर्न जोड दिनुभएको छ । 

बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग भएको भेटमा राजदूत लीजरले द्धिपक्षीय छलफलले दुई देशको सम्बन्धलाई थप मजबुद बनाउने भन्दै फ्रेन्च कम्पनीहरुले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउन चाहेको र यसका लागि नेपालको आवश्यकता के हो भन्ने कुरा पहिचान गर्न जरुरी रहेको बताउनुभयो । 

भेटमा श्रम मन्त्री गोकर्ण विष्टले आवश्यकता र औचित्यको आधारमा दुई देशबीच लगानी तथा सहयोगको आदानप्रदान गर्नुपर्ने बताउनुभयो ।

साथै उहाँले दुई देशबीच भएको द्धिपक्षीय सम्झौताको पालनाको सम्वन्धमा नेपाल सरकार जिम्मेवार रहेको बताउँदै रोजगारीका अवसर आदानप्रदान मार्फत दुई देशको हित बढाउन सकिने बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया