डलरसँगै अरु विदेशी मुद्राको भाउ पनि घट्यो

 पुस ६, २०७५ शुक्रबार १०:७:८ | उज्यालो सहकर्मी

काठमाडौं – शुक्रबार डलरको भाउ सामान्य घटेको छ । यसले अरु विदेशी मुद्राको भाउमा समेत प्रभाव पारेको छ । कोरियन वन बाहेक अरु सबै विदेशी मुद्राको भाउ केही पैसाले घटेको छ ।

शुक्रबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा छ । बिहीबार बिहीबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ९५ पैसा थियो । यही अनुपातमा अरु विदेशी मुद्राको भाउ पनि थोरै पैसाले घटेको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८१ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा तोकिएको छ । 

युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा, मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७७ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ र बिक्रीदर ३६७ रुपैयाँ ९८ पैसा तथा बहराईन दिनार १ को खरिददर २९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६७ पैसा तोकिएको छ । त्यस्तै शुक्रबार कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

यी सबै विदेशी मुद्राको भाउ बिहीबारको तुलनामा घटेको हो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया