सिरहामा भेटिएको शक्तिशाली प्रेसर कुकर बम डिस्पोज

 पुस ८, २०७५ आइतबार १६:५८:१५ | आशिष विश्वकर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिरहा – सिरहाको गोलबजार नगरपालिका ४ को गोलबजार बलकवा सहायक सडक नजिक आइतबार बिहान भेटिएको शक्तिशाली प्रेसर कुकर बम नेपाली सेनाले निस्कृय पारेको छ ।

गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजिकै पश्चिम–दक्षिण क्षेत्रमा भेटिएको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको श्री नयाँ गोरख गणबाट खटिएको बम डिस्पिोजल टोलीले डिस्पोज गरेका हुन् ।

आइतबार बिहान बाटो हिँड्ने व्यक्तीले प्लाष्टिकको झोलामा बेरिएको प्रसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यलय गोलबजारका इन्सपेक्टर नवीन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रेसर कुकर बमको शक्तिको विषयमा बुझ्न समय लागेकाले डिसपोजगर्न समय लागेको बताउनुभयो ।

बिहानै भेटिएको बम झण्डै ५ घण्टापछि डिस्पोज गरिएको थियो । बम भेटिएदेखि नै त्यस क्षेत्रको सबै बाटोहरुमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेर बसेका थिए ।

बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको छ । मिति, छाप र आधिकारीक हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेको र त्यसका लागि हुने संघर्षलाई निरन्तराता दिन सहयोगको अपेक्षा गरिएको उलेख छ । 

 
 

अन्तिम अपडेट: चैत १४, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया