मलेसियाबाट फर्किएका कामदारको राष्ट्रिय भेला हुने

 पुस १५, २०७५ आइतबार १६:४१:५३ | उज्यालो सहकर्मी

काठमाडौं – मलेसियाबाट फर्किएका कामदारहरुले राष्ट्रिय भेला गर्ने भएका छन् । मलेसियाबाट फर्किएकाहरुले गठन गरेको ‘मलेसिया रिटर्नी समाज नेपाल’ ले यही पुस १७ गते राष्ट्रिय भेला गर्ने भएका हुन् । 

नेपाल फर्किएका युवालाई स्वदेशभित्रै सरकारले प्रदान गर्ने सेवामार्फत स्वरोजगारमा जोड्न भेलाको आयोजना गरिएको रामचन्द्र नेपालले जानकारी दिनुभयो ।

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि प्रदान गर्ने सामाजिक सुरक्षा योजनामा मलेसियाबाट फर्किएकाहरुलाई समावेश गर्न भेला गर्न लागिएको उहाँको भनाई छ । 

भेलाले विदेशमा सिकेका सीपलाई नेपालमा सदुपयोग गर्ने र गराउने, नेपालमा फर्किएर विभिन्न व्यवसायमा लागिसकेकाको अनुभव आदानप्रदान गर्ने, मलेसियामा रहेकाका परिवारलाई वित्तीय साक्षरता अभिवृद्धि र कमाएको धनको सही सदुपयोग गरी राष्ट्रनिर्माणमा सहयोग गर्ने, मलेसियाबाट फर्किएका युवाका लागि सामूहिक लगानीका सम्भावनाको खोजी गर्ने उद्देश्य राखेको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया