आधिकारिक सूचना नआएसम्म जापानको रोजगारीका कारोबार नगर्न आग्रह

 पुस १६, २०७५ सोमबार १७:१७:२३ | उज्यालो सहकर्मी

काठमाडौं – वैदेशिक रोजगार व्यवसायी संघले जापानको रोजगारीका लागि भन्दै कसैसँग कुनै कारोबार नगर्न आग्रह गरेको छ । 

जापानले विदेशी कामदार लाने खबर सार्वजनिक भएपछि यही बहानामा ठगि हुन सक्ने भन्दै संघले नेपाली कामदार जापान पठाउने प्रक्रिया सम्बन्धी आधिकारिक सूचना जारी नभएसम्म कुनै संस्था वा व्यक्तिसँग जापानको रोजगारीको नाममा कुनै पनि कारोबार नगर्न नगराउन आग्रह गरेको हो । 

संघका अध्यक्ष रोहन गुरुङद्वारा जारी विज्ञप्तिमा जापानमा कामदार पठाउन नेपाल सूचिकृत भएपनि दुई देशबीच सहमति पत्रमा हस्ताक्षर नभएको अवस्थामा अहिले नै आवश्यकताभन्दा बढी चर्चा गर्नु ठिक नहुने उल्लेख छ । 

यस्तै संघले केही सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै त्यसप्रति ध्यानकर्षण भएको पनि जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया