पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुआन एअरलाइन्सकाे चार्टर्ड उडान
कात्तिक २२, २०८१ बिहिबार
श्रीलंकाविरुद्धको एक दिवसीय श्रृंखला न्यूजिल्याण्डले जितेको छ ।
तीन वटा एक दिवसीय खेलकाे श्रृंखला अन्तर्गत लगातार २ खेल जितेको न्यूजिल्याण्डले एक खेल अगावै श्रृंखला जितेको हो । तेस्रो एक दिवसीय क्रिकेट भने आउँदो मंगलबार हुने छ ।
शनिबार भएको दोस्रो एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डले श्रीलंकालाई २१ रनले पराजित गरेको हो । ३२० रनको लक्ष्य पछ्याएको श्रीलंका ४६.२ ओभरमा २९८ रनमा रोकिएको थियो । श्रीलंकाका थिसेरा परेराले १४० रनको विस्फोटक पारी खेले पनि जित भने दिलाउन सकेनन् । ७४ बल खेलेका परेराले १३ छक्का र ८ चौका प्रहार गरेका थिए ।
धनुष्का गुनतिल्लकाले ७१ रन बनाउँदा कुशल मेण्डिसले २० रन बनाए । कप्तान लासिथ मालिंंगाले १७ रन बनाउनुबाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्यूजिल्याण्डका इस सोंधीले ३ विकेट लिँदा मेट हेनरि र जेम्स निशामले दुई-दुई विकेट लिएका थिए ।
टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ७ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो । उसका लागि रस टेलरले ९०, कुलिन मुनरोले ८७, जेम्स निशामले ६४ रन बनाएका थिए ।
सर्वाधिक रन बनाउने न्यूजिल्याण्डका तीन जना खेलाडी नै रन आउट हुन पुगेका थिए । बलिङतर्फ श्रीलंकाका लासिथ मालिंंगाले ३ विकेट लिए । आजको खेलमा शतक बनाएका थिसेरा परेर म्यान अफ दी म्याच भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।