कपिल शर्मा कमेडी शाे लिएर टेलिभिजनमा फर्किए, श्रीमतीलाई दिने भए क्रियटिभ डाइरेक्टरकाे जिम्मा

 पुस २२, २०७५ आइतबार १४:२१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय कमेडियन कपिल शर्मा आफ्नो कार्यक्रम द कपिल शर्मा शो को दोस्रो सिजन लिएर टेलिभिजनको दुनियामा फर्किएका छन् ।

केही समय टेलिभिजन दुनियाबाट टाढा रहेका कपिलको दोस्राे सिजनको प्रिमियर एपिसोडको रेस्पोन्स राम्रो आएकाले उनी हौसिएका छन् र उनमा आत्मविश्वास बढेको छ ।

कपिलको आफ्नै प्रोडक्शन हाउस छ जसको नाम k9 हो । उनको यस प्रोडक्शन हाउसको ब्यानरमा द कपिल शर्मा शो बाहेक पञ्जाबी फिल्म तथा अन्य कमेडी शो हरु पनि निर्माण गर्ने योजना छ ।

कपिल कमेडी च्याट शो मा व्यस्त रहँदा उनकी पत्नी गिन्नी चतरथलाई प्रोडक्शन हाउसको डाइरेक्टरका जिम्मेवारी सुम्पने योजनामा रहेको बताइएको छ । 


कपिलका नजिकको स्रोतले बताएअनुसार उनकी श्रीमती गिन्नी जालन्धरबाट मुम्बइ आउनेछिन् किनकि कपिल आफ्नी श्रीमती घरमै बसुन् भन्ने चाहँदैनन ।

न्नीलाई फिल्म निर्माणसम्बन्धी राम्रो जानकारी भएकाले कपिल आफै उनलाई आफ्नो प्रोडक्शन हाउसमा क्रियटिभ डाइरेक्टरको रुपमा परिचित गराउने सोचमा छन् । गिन्नी चतरथ पञ्जाबी भाषामा राम्रो दक्खल राख्छिन् । यसैले उनले क्षेत्रीय विभागमा समेत आफ्नो चाख देखाइसकेकी छिन् ।

आउँदो केही महिनामा कपिल पञ्जाबी फिल्म तथा अन्य कमेडी शो हरुमा काम गर्न सुरु गर्नेछन् । यी फिल्म तथा कमेडी शो क्षेत्रीय च्यानलमा देखाइनेछ भने गिन्नीले यस च्यानलको रेखदेख गर्नेछिन् ।

कुनै समय k9 की क्रियटिभ डाइरेक्टर प्रीति सिमोससँग सँगसँगै काम गर्दा कपिल र प्रीतिबीच प्रेमसम्बन्ध पनि रह्यो । तर त्यो धेरै समय टिकेन र केही समयपछि प्रीतिले सम्बन्ध र काम दुवैबाट टाढा भइन् । उनले छोडेको क्रियटिभ डिपार्टमेण्टको काम अब उनकी पत्नी गिन्नीले सम्हाल्नेछिन् । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया