पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुआन एअरलाइन्सकाे चार्टर्ड उडान
कात्तिक २२, २०८१ बिहिबार
बंगलादेश प्रिमियर लिगमा सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पहिलो खेलमा नै २ विकेट लिन सफल भएका छन् ।
। जसमा उनले सोयव मलिकलाई १३ रनमा आउट गरे भने इनामुल हकलाई ५ रनमा बोल्ड गरे ।
आठौं ओभर लिएर आएका उनले पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा पनि एक रनमात्र खर्चिए । तेस्रो बलमा स्टिभ स्मिथले डिफेन्स गरे भने चौथो बलमा एक रन लिन सफल भए । त्यसपछि दुई बलमा एक रन दिए ।
१० औं ओभर लिएर आएका सन्दिपले मात्र तीन रन दिए । उनले ब्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा विकेटका लागि अपिल गरेका थिए । त्यसपछि तेस्रो बल उनले डट फाले । चौथो बलमा एक रन खर्चिन पुगे । त्यसपछिका दुई बलमा उनले एक रन खर्चिए ।
त्यसपछि उनले आफ्नो ब्यक्तिगत तेस्रो ओभरमा ६ रन दिए । जसमा सुरुवाती दुई बल वाइड गरेका थिए । त्यसपछि उनले एक रन दिएभने अर्को बल डट गरे । अर्को बलमा मल्लिकले अगाडि बढेर खेल्न खोज्दा एलबीडब्लुको अपिल गरेका थिए तर दिइएन।
त्यसपछि उनले अर्को बलमा फेरि एक रन दिए । ओभरकाे अन्तिम बलमा उनले साेयब मलिकको विकेट लिन सफल भए । उनले सोयबलाई सब्बिर रहेमानको हातबाट क्याच आउट गराएका हुन् ।
मलिकले आउट हुँदा व्यक्तिगत १३ रन बनाएका थिए । उनकाे विकेटसँगै सन्दीपले २४ रनको साझेदारी तोडे ।
व्यक्तिगत चौथो ओभर उनले खेलको १५ औं ओभरमा बलिङ गरेका थिए । पहिलो बलमा इमानुलले २ रन लिएका थिए । त्यसलगत्तै दोस्रो बलमा उनी बोल्ड हुँदै पेभेलियन फर्किए । त्यसपछि क्रिजमा आएका शाहिद अफ्रिदीले सन्दीपकाे बाँकी ४ बलमा कुनै रन बनाउन सकेनन् ।
सन्दीपले समग्रमा १६ रन खर्चदैं २ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।