पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुआन एअरलाइन्सकाे चार्टर्ड उडान
कात्तिक २२, २०८१ बिहिबार
म्यानचेस्टर सिटी एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा रोथरह्याम युनाइटेडलाई ७–० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणमा स्थान पक्का गरेको हो । सिटीको जितमा रहिम स्र्टलिङ, ग्याबरियल जेसस, रियाद मेहरेज, वटामेन्डी र फिलिप वाल्टरले एक–एक गोल गर्दा एउटा गोल भने उपहार पाएको थियो ।
पहिलो हाफको १२ औं मिनेटमा केभिन डी ब्रुइनको सहयोगमा रहिम स्र्टलिङले सुरुआती गोल गरेका थिए । सुरुमै दवावमा आएको रोथरह्यामले दोस्रो गोल ४३औं मिनेटमा खान पुग्यो ।
जसमा गुन्डोगनको पासमा फिलिप वाल्टरले गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा उपहार गोलमार्फत सिटीले ३–० को अग्रता बनाउन सफल भयो । केइल वाल्करले प्रहार गरेको बललाई रहिम स्र्टलिले गोल गर्न खोज्दा रोथरह्यामका खेलाडी सेमी अजाईको खुट्टामा लागेर गोल भएको थियो ।
पहिलो हाफमा ३ गोल गरेको सिटीले दोस्रो हाफमा ४ गोल थपेको थियो । ५२औं मिनेटमा ग्याब्रियल जेसले गोल गरेका थिए । यसैगरी ७३औं मिनेटमा रियाद मेहरेजले टिमका लागि पाँचौं गोल गरेका थिए । ७८औं मिनेटमा निकोलास ओटामेन्डीले टिमका लागि छैटौं गोल गरे । ८५ औं मिनेटमा लोरियो सानेले टिमका लागि सातौं गोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।