सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
भक्तपुर – भक्तपुरमा शुक्रबारबाट पहिलो पटक राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता–२०७५ सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन बुधबार भक्तपुर र नवलपरासी, शसस्त्र प्रहरी र काडमाडाैं, कैलाली र नेपाल प्रहरी, शसस्त्र प्रहरी र भक्तपुर, नवलपरासी र कैलाली, काठमाण्डौ र नेपाल प्रहरीबीच खेल भएको छ ।
प्रतियोगितामा भक्तपुर, काठमाण्डौं, नवलपरासी, कैलाली, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतका बिभिन्न ठाउँबाट सहभागी भएका खेलाडीहरुबीच १५ वटा खेल संचालन हुने कार्यक्रममा संयोजक एवं समितिका अध्यक्ष पशुपति प्रजापतिले जानकारी दिनुभयो ।
सुपर लिग चरणमा खेलाइने प्रतियोगितामा प्रथम, द्वितीय हुने टिमलाई क्रमश नगद रु. ५० हजार, ३० हजार र तृतिय हुने दुईवटा टिमलाई १०–१० हजारका दरले नगद पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गरिने समितिका सदस्य कृष्णसुन्दर प्रजापतिले जानकारी दिनुभयो ।
कूल १६ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा देशमै पहिलो पटक प्रत्येक खेलमा म्यान अफ दि म्याच, बेष्ट रेर्डर र बेष्ट क्याप्चर घोषणा गरी प्रत्येक खेलाडीलाई २ हजार रुपैयाँका दरले ६० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने सदस्य प्रजापतिले जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका ४ नम्बर वडा खेलकुद समितिले भक्तपुरको शहिद स्मृति खेल मैदानमा आयोजना गरेको प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले भक्तपुर नगरपालिकाले खेलकुदको विकासमा टेवा पुर्याउने कार्य गर्दै खेलकुदमैत्री नगरपालिका बनाउन लागिपरेको बताउनुभयो ।
कार्यक्रममा कबड्डी संघका केन्द्रीय उपाध्यक्ष संगीता हमाल, वडा नं. ४ का वडा अध्यक्ष कुमार चौवाल, कबड्डीका अन्तर्राष्ट्रिय रेफ्री विनोद प्रजापति लगायतले पछिल्लो समयमा भक्तपुरमा कबड्डी खेलको विकासमा फड्को मारेको बताउँदै भक्तपुरमा यो खेलको आकर्षण पनि बढेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।